६ कार्तिक ।
बिहीबार सुनको मूल्य प्रतितोला २ सयले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार