२०७८ साउन १२ गते मङ्गलवार

२४ घण्टामा हाल सम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण

ज्यान गुमाउनेको सङ्ख्या ७९१


५ कार्तिक । पछिल्लो २४ घण्टामा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। आज ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार ८०० जना होम आइसोलेसनमा छन्।

४ हजार ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। आज २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्