२०७८ भाद्र ३१ गते बिहिवार

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु



४ कात्तिक । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको मंगलबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेका उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्