४ कात्तिक । प्यूठानमा बस स्टार्ट नभएपछि मानिसहरूले धकेलेर स्टार्ट गर्न खोज्दा बस खोल्सामा खसेपछि चालकको मृत्यु भएको छ। मंगलबार बिहान साढे ९ बजेतिर प्यूठानको माण्डवी गाउँपालिका १ गोलवाङमा दाङतर्फ आउँदै गरेको बस ना ४ ख ५५६१ नम्बरको बस स्टार्ट नभएपछि गाडीका सहचालक र एक जना प्यासेन्जरले धकेलेर स्टार्ट गर्न खोजेका थिए।
त्यही क्रममा बस गुडे पनि स्टार्ट नभएपछि सिधै खोल्सामा खसेर दाङ घोराही निवासी चालक तारा रानाको घटनास्थलमै मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए।
घाइते हुनेमा प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर २ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक रहेका छन् ।
डिएसपी मल्लले राना आफैं गाडीधनी पनि रहेको भन्ने खुल्न आएको जानकारी दिए।