२०७८ साउन १२ गते मङ्गलवार

५ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय दैलेखमा २ जना पक्राउ



४ कार्तिक । मालपोत कार्यालय दैलेखमा ५ हजार रुपैयाँ घुससहित २ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १ जना मालपोत कार्यालय दैलेखकका खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढा छन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खरिदार खनाल र लेखापढी व्यवसायी बुढालाई पक्राउ गरेको हो ।

जग्गा नामसारीमा सहजीकरण गरिदिने भन्दै खरिदार खनालले सेवाग्राहीसँग घुस माग गरिरहेका थिए । उनले घुस रकम बुझ्नका लागि लेखापढी व्यवसायी बुढालाई परिचालन गरेका थिए ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा खनाल र बुढालाई मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्