२०७८ असार १० गते बिहिवार

काठमाण्डौ उपत्यकामा एकै दिन थपिए २३८८ जना कोरोना भाइरस सङ्क्रमित



कार्तिक ३, दाङ । पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा दुई हजार तीन सय ८८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार काठमाण्डाैमा दुई हजार आठ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा दुई सय ८१ काेराेनाका सङ्क्रमित भेटिएका हुन् ।

यस्तै साेमबार देशैभर तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेकाे छ । अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्