२०७८ बैशाख ९ गते बिहिवार

आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री



३ कात्तिक । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ ।

दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताइन् ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्