२०८० असोज ६ गते शनिवार

बस दुर्घटना हुदा दाङमा ६ जना घाईते



कार्तिक ३, दाङ । दंगीशरण गाउँपालिका वडा न. ५ मिरौलीमा बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । सोमवार बिहान अन्दाजी सवा दश बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख कमल थापाले जानकारी दिनुभयो । बसमा सवार र धान काट्दै गरेका स्थानीय गरि ६ जना घाईते भएका छन् ।

घाईते भएका मध्ये २ जनाको अवस्था भने गम्भिर रहेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । उनीहरुलाई राप्ती प्रादेसीक अस्पताल तुलसीपुरमा उपचारका लागि रीफर गरिएको छ । दंगीशरण गाउँपालिका बैबाङ्ग बाट तुलसीपुर तर्फ जादै गरेको ना.४ ख ७८४८ नम्वरको बस अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । बस चालक र सहचालक फरार भएकाले बसमा कति जना सवार थिए भन्ने बिषयमा एकिङ हुन सकेको छैन । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्