२०७८ जेष्ठ ४ गते मङ्गलवार

चाडपर्वलाई लक्षित गरी उपत्यकाका ११ स्थानमा यात्रु सहायता कक्ष सुरु



२ कार्तिक। सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।

चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु भएको छ ।

सामाजिक दुरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्शियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेल, लगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनिटैजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्