२०८० असोज ६ गते शनिवार

कैलालीमा ड्युटी गएका प्रहरीको हत्या, एकजना बेपत्ता



२ कात्तिक – कैलालीमा मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको हत्या भएको छ ।शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० मुकेश कुमार सिंहले रातोपाटीलाई बताए ।जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए ।उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको एसएसपी सिंहले बताए ।

बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्