२०७८ जेष्ठ २ गते आइतवार

थप एक कोरोना संक्रमितको मृत्यु



२ कार्तिक। धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस (कोभिड 19) संक्रमितको मृत्यु भएको छ ।

आइतबार बिहान ३ः०० बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा:आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए ।

शवको उचित व्यवस्थाका लागि तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्