२०८० असोज ६ गते शनिवार

कोरोना छिचोल्दै जुम्ला पुग्यो महासघंको टोलि

कर्णालिको समग्र आर्थिक समृद्धिकालागी प्रतिवद्धता


३० असोज । आउंदो मंसीर १० र ११ गते काठमाण्डौमा हुने नेपाल उधोग बाणिज्य सघंको आसन्न महाधिबेसनमा उम्मेदवार बनेका केन्द्रिय सदस्य पदका उम्मेदवारहरुको टोलि विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण छिचोल्दै कर्णालि प्रदेशका बिभिन्न जिल्लाहरुमा पुगेको छ ।
मिति तय भएरपनि कोभिड—१९को संक्रमण देखाउंदै महाधिवेशन सर्दै आएपनि पछिल्लो पटक तोकिएको मितिमा नेपाल सरकारले समेत स्वीकृति प्रदानगरेसंगै महासंघको अभिवेशनमा विभिन्न पदका प्रत्यासी उम्मेदवारहरु चुनाावी अभियानकालागी देशदौडाहामा छन् ।
काठमाण्डौमा साधारणसभा र महाधिबेशन गर्ने घोषणा गरेपछि कोरोना भाइरसको महामारि लाई छिचोल्दै महासघंको टोलि महाधिवेशनमा आफ्ना व्यवसायीक एजेण्डाहरु लिएर जुम्ला सम्म पुगेको हो ।
नेपाल उधोग बाणिज्य महासघंका केन्द्रिय सदस्य किशोर आचार्यको नेतृत्वमा तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावत ,तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष एवम सरसफाई अभियान्ता बिमल रिजाल, कोहोलपुर उधोग बाणिज्य सघका अध्यक्ष चक्रबहादुर अधिकारि, रिपोटर्स क्लबका दागका अध्यक्ष शरद रेग्मी सहित ब्यबसायिहरुको टोलि सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला सम्म पुगेको थियो ।
सो अबसरमा बोल्ने निजिक्षेत्रका अगुवाहरुले कर्णालिको बिकास र पर्यटन प्रबर्दन गर्न सघिय र प्रदेश सरकारले खासै चासो नदेखाएको भन्दै चिन्ता ब्यक्त गरेका छन । साथै उनीहरुले पश्चिम नेपालको विकट कर्णालिको समग्र आर्थिक विकाश र समृद्धिकालागी उद्योग वाणिज्य महासंघले अर्थपुर्ण भुमिका खेल्ने पनि बताएका थिए । ‘हामीहरु समानुपातिक विकाशको अवधारणाको एजेण्डा बोकेर कर्णालिसम्म आइपुगेका छौं, कर्णालि समृद्ध नभएसम्म मुलुकको आर्थिक समृद्धि हासिल हुन सक्दैन’—केन्द्रिय सदस्यका प्रत्यासी उम्मेदवार विमल रिजालले भन्नुभयो ।
सो व्यवसायीक नेताहरुको टोलिले कर्णालिमा लगानिको बाताबरण सृजना गर्दै त्यहा उत्पादन भएका बहुमुल्य जडिबुटि र तथा अर्गानिक स्याउको बजार भाउ बिस्तार र बजारिकरणका लागि आबश्यक पर्ने पुर्बाधारहरुमा सहकार्य गर्न नेपाल उधोग बाणिज्य महासघले भुमिका खेल्नुपर्ने बताएका थिय ।
सो अबसरमा टोलिले सुर्खेत उधोग बाणिज्य सघंका अध्यक्ष धन बहादुर रावत, दैलेख उधोग बाणिज्य सघंका अध्यक्ष कुलबहादुर बिक, कालिकोट उधोग बाणिज्य सघंका अध्यक्ष रतन शाहि,
जुम्ला उधोग बाणिज्य सघंका अध्यक्ष रज्जब अलि मनिहार, नेपालगन्ज उधोग बाणिज्य सघंका अध्यक्ष अब्दुल वहिद मन्सुरि, गुलरिया उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर चौधरि र बर्दिया उधोग बाणिज्य सघंका अध्यक्ष कृष्ण रेग्मी सगं संबन्धित जिल्लामै पुगेर ब्यबसायिक चुनौति र अबसरका बारेमा छुट्टाछुट्टै छलफल गरेको थियो । साथै सो टोलिले हरेक क्षेत्रका आर्थिक मुद्धालाइ साझा एजेण्डाका रुपमा अघि बढाउने पनि जनाएको थियो ।
सो अबसरमा बोल्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले नेपाल उधोग बाणिज्य महा सघले जिल्ला नगरका समस्याप्रति तत्काल चासो दिनुपर्ने बताउनुभयो । उहाले राज्यका हरेक निकाय सगं सहकार्य गर्दै अगाडि बढन सके मात्रै ब्यबसायिक सहजता प्राप्त हुने बताउनुभयो ।
रिजालले दुर दराजमा रहेका निजि क्षेत्रहरुसगको सहकार्य बिना बिकाशको ढोका खोल्न राज्यलाई समेत मुस्किल पर्ने औल्याउनुभयो ।
अर्को प्रसगमा बोल्दै रिजालले देश भरि छरिएर रहेका ब्यबसायि हरु बिच ब्यबसायिक एकता भने अपरिहार्य रहेको बताउनुभयो । यसअघि केन्द्रिय सदस्य पदका उम्मेदवार रिजाल सहितको टोलिले चुनावी अभियानकै क्रममा पुर्वि नेपालका २ नंवर प्रदेशका सवै जिल्ला, ३ नंवर प्रदेशको मुस्ताङ वाहेक सवै जिल्ला गरी कम्तिमा ७० जिल्लामा आफ्ना अभियान सम्पन्न गरीसकेको छ । बांकि जिल्लामा पनि दशैपछि चुनावी अभियान लिएर जाने कार्यक्रम रहेको रिजालले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्