२०७८ कार्तिक ९ गते मङ्गलवार

६५ औं प्रहरी दिवसका अवसरमा पत्रकार आर.के.शीतल सम्मानित



३० असोज । सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित हुनुभएको छ। ६५ औं प्रहरी दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका शीतललाई ‘समुदाय र प्रहरी साझेदारी’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनकालागी सहयोग पु¥याएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले खादा ओढाएर कदर–पत्र प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा प्रहरी प्रमुख चन्दले नेपाल प्रहरीमा रहेर शान्ति सुरक्षासँगै नेपाल प्रहरीको गौरव बढाउन सहयोग गर्ने पूर्व प्रहरीका तर्फबाट ज्येष्ठ सदस्य प्रहरी नायव निरिक्षक ९४ वर्षीय तेजबहादुर थापालाई समेत सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख चन्दले जिल्लामा शान्ति सुरक्षालाई मजबुत बढाउदै नेपाल प्रहरीको गौरवमयी इतिहासलाई उच्च बनाउनका लागि प्रहरीसधै लागि पर्ने बताउनु भएको छ । कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले प्रदान गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्