२०७८ जेष्ठ ३ गते सोमवार

बबई गाउँपालिका निवासी ३७ वर्षीय केसी मृत फेला



३० असोज । दाङको बबई गाउँपालिका वडा नं . ६ निवासी ३७ वर्षीय गणेश केसी मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार शुक्रबार विहान ६ बजे नालाको छेउमा अर्धनंगन अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ । मृतक केसीले मानसिक सम्बन्धी रोगको औषधी सेवन गर्ने गरेको परिवारले प्रहरीलाई बयान दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्