२०७८ साउन १८ गते सोमवार

तीन नवनियुक्त मन्त्रीले गरे आज शपथ ग्रहण



२९ असोज,दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनु भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उहाँहरुलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्