२०७८ बैशाख ७ गते मङ्गलवार

बुटवल कोरोना बिशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु



२८ असोज । नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्