२०७८ असोज ११ गते सोमवार

नेपालमा धरै बिक्री हुने प्रमुख ५ माटोरसाईकलहरु



कोरोना भाईरसको सङ्क्रमण कम गर्नको लागि लकडाउन जारी गरियो र धेरै लामो समय सम्म बन्दाबन्दि गर्दा धेरै समस्याहरु देखापरे लगत्तै पुनः लकडाउन खुल्ला भयो । त्यसपछि व्यक्तिगत करण एक ठाउँबाट अर्को ठाउँ जादा सार्बजनिक सवारीसाधन भन्दा पनि निजि सवारी साधनहरुको प्रयोग बढ्न थाल्यो । यसरी नेपालमा मोटरसाइकलको बिक्री बढ्दो क्रममा रहेको छ । सार्वजनिक यातायातको कमजोर उपस्थिति र निजी कारको बढिनै मूल्यका कारण धेरै मानिसले मोटरसाइकल किन्ने गरेका छन ।

अहिले नेपालमा दुई दर्जनभन्दा बढी कम्पनीहरुले आ–आफ्ना मोटरसाइकलहरु बिक्री बितरण गर्दै आएका छन । यसरी नेपालमा बढि रुचाईएका बाईकहरु मध्येका प्रमुख ५ फरक बाईकहरु कुन र कस्ता छन् ? यहि चासो पूरा गर्नको लागि यो सामाग्री बहुउपयोगि हुनेछ ।
नेपालमा १५० सीसी सेग्मेन्टका मोटरसाइकलको बिक्री सबैभन्दा धेरै रहेको छ । यो सेग्मेन्टमा सबैभन्दा बढी मोटरसाइकल बजाजले बिक्री गर्दै आएको छ । बजाजलाई यामाहाले पच्छाइरहेको छ भने होन्डा, टीभीएस र हिरो पनि पछिल्लो पटक संगै रहेका छन् ।
नेपालमा बढि बिक्री हुने मोटरसाइकल बजाजको पल्सर १५० हो । यो दुई भेरियन्टमा उपलब्ध रहेको एक क्लासिक र अर्को टि.डि हो । बजाज पल्सर १५० को बिक्री वार्षिक करिब ३६ हजार यूनिट हुने गरेको छ । मूल्य, स्टाइल र पावरको कारण बजाज पल्सर १५० नेपालमा सफल भएको हो । यसको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ र डबल डिस्क भेरियन्टको मूल्य २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि अहिले युवाहरुको बढि रोजाईमा पर्न सफर यामाहाको एफजेडएस भी थ्रि साथै भी टु मोडल हो । एफजेडएस भी थ्रि वार्षिक १७ हजार यूनिट हाराहारीमा बिक्री भइरहेकोछ । यसको मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ । एफआई इन्जिन र एबीएससहित बिक्री हुँदै आएको यो मोडल यामाहाको नयाँ च्याचिस र फ्रेममा निर्माण भएको हो ।

त्यस्तै यामाहालाई पच्छाइरहेको होन्डाले १२५ सीसी क्षमताको साइन मोटरसाइकल बिक्री बढि मात्रामा गर्दै आएको देखिन्छ । कम्पनीका अनुसार वार्षिक १५ हजार यूनिट साइन मोटरसाईकल बिक्री गर्दै आएको छ । यो मोटरसाईकलको डिस ब्रेकको मूल्य २ लाख १५ हजार ९सय र ड्रम ब्रकमा २ लाख ८ हजार ९ सय पर्दछ ।
त्यस्तै गरि नेपालमा धेरै बिक्री हुने मोटरसाइकल टीभीएस अपाचे हो । कम्पनीले वार्षिक १२ हजार यूनिट हाराहारीमा अपाचेका विभिन्न मोडल बिक्री गर्दै आएको छ । टीभीएस अपाचे १६० फोर भीको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँदेखि ३ लाख ५ हजार ९०० रुपैयाँसम्म रहेको छ । कम्पनीले आजबाटै विभिन्न थप ३ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भीको बिक्री सुरु गर्दैछ ।

त्यस्तै हिरो कम्पनीको सुपर स्प्लेन्डर पनि नेपालमा बिक्री हुने बाईकहरु मध्ये धेरै रुचाइएको बाईक अन्तर्गत पर्दछ । कम्पनिले यस्का बिभिन्न भेरिएन्टमा बार्षिक ९ हजार युनिटका दरले बिक्रीवितरण गर्दै आएको छ । नया सुपर स्प्लेन्डर आईबीएस भर्सनमा उपलब्ध छ भने विभिन्न भेरिएन्टमा सुपर स्प्लेन्डर बाईकहरु रहेका छन । नया सुपर स्प्लेन्डर आईबीएस भर्सनको मूल्य १ लाख ९८ हजार रहेको छ ।

यसरी मूल्यका हिसावले हेर्दा यी ५ मोटरसाइकलमा सबैभन्दा महंगो मोटरसाईकल यामाहाको एफजेडएस भी थ्रि रहेको छ । मोटरसाईकल किन्ने सोचमा हुनुहुन्छ भने हाल दशैंको अबशरमा बजाज, यामाहा र टीभीएसले सून्य प्रतिशत व्याजदरमा नै कर्जा दिने अफर ल्याएका छन् । यो अफर हिरो कम्पनीमा भने छैन । साथै, नगदमा मोटरसाइकल किन्ने ग्राहकलाई बजाजले १० हजार, टीभीएसले ९ हजार, यामाहाले ८ हजार र हिरोले ५ हजार नगद छुट दिने योजना ल्याएका छन् । तर होन्डाले भने यी भन्दा केही फरक योजना ल्याएको छ । रुपैयाँ १ मात्रै डाउन पेमेन्ट, एक रुपैयाँ मासिक किस्ता वा एक प्रतिशत व्याजदरको स्कीम चलाई रहेको छ । यसरी कुनै पनि कम्पनिको बाईकहरु डाउन पेमेन्ट खरिद गर्दा आफ्नो आयस्रोत खुल्ने कागज, मासिक आम्दानि रेकर्ड, घरको फोटो, जमानि बस्ने व्यक्ति, २ प्रति फोटो र नागरिकताको फोटोकपि पेस गरेनु पर्दछ । यो रकममा १ बर्षको फुल बिमा र २५०० देखि ४००० सम्म सेवा सुल्क लाग्ने गर्दछ । यसरी तपाईंले मनपरेको मोटरसाईकल खरिद गर्न सक्नुहुने छ ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्