२७ असोज । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
अब नेपालमा ३५ हजार नाै सय १५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार