२०७८ साउन १९ गते मङ्गलवार

बुटवल र नवलपरासी पश्चिमका दुईजना कोरोना संक्रमितको मृत्यु



बुटवल,२१ असोज । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नंं.९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

दुवै संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको डा.गौतमले बताए ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्