२०८१ मङ्सिर १६ गते आइतवार

सञ्चार माध्यम सत्यता र निष्पक्षताबाट विचलित हुन हुदैन: एमाले महासचिव पोख्रेल



५ पुस,घोराही – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आम सञ्चार माध्यमले सत्यता र निष्पक्षताबाट विचलित हुुन नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशनको आज घोराहीमा उद्घाटन गर्दै महासचिव पोख्रेलले देशलाई जनमत भन्दा बाहिरबाट चलाउने काम हुदा पनि आम सञ्चार माध्यमले स्वतन्त्र अस्तित्व कायम गर्न नसकेको समेत गुुनासो गर्नुभयो ।

कुनै दल प्रति आस्था बिचार भएपनि राष्ट्रिय र सामाजिक बिषयमा सञ्चार माध्यम सत्य बोल्नुपर्ने उहाँको भनाई छ । अहिले देखिएको धुब्रिकरण अन्त्य गर्दै बलियो राज्य बनाउन आम सञ्चारको भूमिका आवश्यक पर्ने बताउनुभयो । बलियो राज्य र स्थिर राजनितीले मात्रै स्वाधीनता, राष्ट्रियता तथा समृद्धिको रक्षा हुने धारणा व्यक्त गर्नुुभयो ।

एमालेको साथ लिएर माओवादी केन्द्रले जसका बिरुद्ध लडेको हो उसैलाई सरकारको नेतृत्व दिनु जनमतको अपमान भएको टिप्पणी गर्नुभयो । जनताको आदेश बिरुद्ध गठबन्धन नियोजित स्वार्थमा केन्द्रित भएको समेत आरोप लगाउनु भयो । जनमत बिपरित सरकार बन्नु लोकतन्त्र विपरीत भएको भन्दै गठबन्धनले यसैलाई लोकतन्त्रको लेपन लगाएर प्रचार गरेको टिप्पणि गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य सूर्य थापा, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, बरिष्ट उपाध्यक्ष माधव नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी लगायतकाले पत्रकारहरुले निस्पक्षता र सत्यतालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्