५ पुस । गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा काठमाण्डौमा एक सय ७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ५३ हजार ७ सय ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
यस्तै, गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ ।