२०८१ चैत्र ११ गते सोमवार

ओलीले किन संसद विघटन गरे ? रहस्य खुल्यो !



५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले किन संसद विघटन गरे ? किन आँखै नहेरी राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्न राजी भइन् ? पर्दा पछाडीका रहस्यहरु खुल्दै आएका छन् ।

दोषी को रु नेकपामा चर्केको लामो दाउपेजबीच उभिएको ओलीका कदमहरु अझै रहस्यमय छन् ।

तर, यता राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगावै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको देखिएको छ । भएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

ओलीले मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्