५ पुस । दाङबाट बैदेशिक रोजगारीका लागि बिदेश पुगेका १२ जनाको पाँच महिनाको अबधीमा मृत्युभएको छ । कार्य स्थलमा विभिन्न घटनामा परि उनिहरुको मृत्युभएको सुरक्षित आप्रबासन सामी परियोजना दाङले जनाएको छ ।
मृतकहरु मध्य ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ती समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार्य स्थल दुर्घटना, बिरामी भएर उनिहरुको मृत्युभएको हो ।
अन्य ६ जना मृतकको हकमा भने क्षतिपूर्तीको पहल भैरहेको छ । साथै रोजगारीको शिलशिलामा बिदेश पुगेका मध्य ५८ जनाको उद्धार भएको छ । अप्ठेरोमा परेका उनिहरुलाई दुताबास, मेनपावर कम्पनी र श्रम मन्त्रालयको सहकार्यमा उद्धार गरिएको हो ।
त्यसै गरी ठगिमा परेका २२ जना मध्य ५ जनाको ९ लाख ५० हजार रुपैयाँ फिर्ता गराउन सफल भएको परियोजनाले जनाएको छ । दाङका करिब ७७ हजार नागरिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेको अनुमान छ ।।