२०८१ माघ ४ गते शुक्रवार

सामाजिक कार्यमा उलमाको जमात सक्रिय



४ मंसिर,बाँके –
भारतको बरेली शहरबाट दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले सर्लाहीको २२ गाउँपालिका सहित ६२ वटा गाउँ र वडाहरुको अवलोकन गरिएको छ । १५ नोवेम्बरबाट भारतको दिल्ली , दरभंगा, सितामण्डी हुँदै सोनवर्षा जिल्लाबाट प्रतिनिधि मण्डलले नेपाल प्रवेश गरेको थियो । समय समयमा नेपाली सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक शैक्षिक अवस्था बारे जानकारी जुटाउने र सहयोग गर्ने उद्देश्यले नेपाल भ्रमण गर्ने गरेको छ । दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले यसपटक नेपालमा सुन्नी मुस्लिम समुदायको दरगाहे आला हजरतबाट समय समयमा हुँदै आएको सहयोग र योगदानहरुको तथ्य जुटाउन र दरगाहे आला हजरतबाट सुन्नी मुस्लिम समुदायको सम्बन्ध बलियो बनाउने उद्देश्यले भ्रमण गरेको हो ।

दरगाहे आला हजरतका प्रतिनिधि मौलाना वा मुफ्ती मोहम्मद सलीम नुरीले बताउनु हुन्छ, नेपाल प्रवेश गरेपछि सबैभन्दा पहिला प्रतिनिधि मण्डलले नेपाली उलमाहरुसंग सहकार्य गरेर नेपालको सामाजिक, धार्मिक र शैक्षिक संस्थाहरुसंग भेटघाट गरी मानवता इमानदारीता र भेदभाव मुक्त समाज निर्माण गर्ने विषयमा छलफल गरिएको थियो । उहाँले भन्नू हुन्छ, ञ यसपटक नेपालको भ्रमण गर्दा नेपालको अधिकांश क्षेत्रमा सज्जादा नशीन सुबहान रजा खान सुबहानी मियाँको बुवा हजरत मौलाना वा मुफ्ती रेहान रजा खान रहमतुल्लाह अलैहले विभिन्न मदरसा र मस्जिदहरुको शिलान्यास गरेको देखियो ।

सलीम नुरीको अनुसार यस अगाडि कोरोना कालमा समेत दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले रहात सामाग्री सहित सहयोग गर्न नेपाल भ्रमण गरेको थियो । त्यो समयमा नेपालको लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दां्ग लगायतको जिल्लाहरुमा सहयोग सामाग्री वितरण गरिएको थियो । उहाँले बताउनु भयो , दरगाह प्रमुख हजरत मौलाना वा मुफ्ती सुबहान रजा खान सुबहानी मियाँले समय समयमा नेपालको सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक शैक्षिक क्षेत्रको विकासका लागि नेपालमा प्रतिनिधि मण्डल पठाएर रिपोर्ट संकलन गराउने सहयोग सामाग्री पठाउने गर्नु भएको छ ।

त्यस्तै प्रतिनिधि मण्डल कै प्रेस प्रवक्ता शाहबुद्दीन कुरैशीले बताउनु भयो कि नेपालको अधिकांश जिल्लामा नेपाली सुन्नी मुस्लिम समुदायको दरगाहे आला हजरतबाट सम्बन्ध बलियो रहेको छ । विभिन्न मदरसा र मस्जिदहरुको अवलोकन पश्चात् रिपोर्ट तयार गरेको छौं । उक्त रिपोर्टमा मदरसा र मस्जिदहरुको गुम्बद लगायत अधिकांश नक्साहरु दरगाहे आला हजरतको गुम्बद र नक्साबाट मेल खाने गरेको छ । जुन कुराबाट नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाहे आला हजरतको सम्बन्ध वर्षौं देखी रहेको स्पष्ट हुन्छ । शाहबुद्दीन कुरैशीको अनुसार प्रतिनिधि मण्डलले अझै केहि दिन नेपालमा रौतहट , महोत्तरी र सयपत्री लगायतको जिल्लाहरुमा अवलोकन गरिनेछ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्