४ मंसिर,दाङ-
दाङ कांग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १४औं महाधिबेशन अन्र्तगत शुक्रबार भएको मनोनयन दर्ता पश्चात नौ जना निर्विरोध निर्वाचित भएका हुन् । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चुर्णबहादुर चौधरी निर्विरोध भएका छन् ।
उनी थारु प्रदेश महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएका हुन् । त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारु तर्फकै मधु चौधरी, आदिबासी जनजाति तर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुबकुमार पुन, खसआर्य तर्फ मनोज वुढाथोकी र दलित तर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिबेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएका छन् । उनी क्षेत्र २ ९ख० अन्तर्गत हुन् ।
खस आर्य तर्फबाटै निर्वाचन क्षेत्र १ को (ख) बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन हुनेछ ।।