प्रदेश सभा ‘क’ मा सुरेश चन्द र ‘ख’ मा सुरेश अधिकारी सभापतिमा विजय बनेका छन् । क मा गोरख खत्रीलाई ११ मतले हराउँदै चन्द ३१४ मत ल्याएर विजय बनेका हुन् । खत्रीले भने ३०३ मत ल्याएका छन् ।यहाँ कुल ६२४ मत खसेको थियो ।
त्यस्तै प्रदेश सभा ख मा ४२ मतको अन्तरले सुरेश अधिकारी विजय भएका छन् । उनका प्रतिद्वन्दी बहादुर सेजवालले २७० ल्याए भने अधिकारीले ३१२ ल्याएका छन् । यहाँ कुल ५९९ मत खसेको थियोे ।
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार