२०८१ माघ ४ गते शुक्रवार

एकै दिन दुई निर्माताको निधन



५ मंसिर । चलचित्र निर्माता तथा कलाकार तुलसीपुर ५ निवासी रम्भा ओलीको निधन भएको छ । ओलीको हृदयघातका कारण आज शुक्रबार साँझ नर्भिक अस्पतालमा निधन भएको रंगपत्रकार लक्ष्मण सुवेदीले जानकारी दिएका छन् ।

५० बर्षीय ओलीले बुबाआमा, सुर्यचन्द्र, वीरलगायत चलचित्र निर्माण गरेका छन् । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

त्यस्तै निर्माता उदय पुनको पनि आजै निधन भएको छ । उनको निधन भएको निर्माता, प्रदर्शन प्रदीप कुमार उदयले जानकारी दिए । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्