२०८१ चैत्र ६ गते बुधवार

मालपोत कार्यालय दाङका नायव सुब्बा र कार्यालय सहयोगी घुस सहित पक्राउ



५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके, नेपालगञ्जले मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुस सहित पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मालपोत कार्यालयबाट उनीहरुलाई अख्तियारको टोलीले शुक्रबार ३ लाख २० हजार रुपैयाँ घुस रकम सहित रंगे हात पक्राउ गरेको हो ।

उनीहरुले सुकुम्बासी जग्गा नापजाँच गरी पुर्जा उपलब्ध गराउने बहानामा सेवाग्राहीसँग पैसा लिदै गर्दा पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

उनीहरुलाई अहिले नियन्त्रणमा लिएर नेपालगञ्ज लगिएको जानकारी दिए । नेपालगञ्ज सम्पर्क कार्यालय दाङ, बाँके र बर्दियालाई हेर्ने गर्छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्