५ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
हाल देशको हिमाली र पहाडी भूभाग लगायत लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बदलि रहेको महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ ।
शुक्रबार राती देशको पहाडी भू–भागका साथै प्रदेश १ र लुम्बिनी प्रदेश को तराई भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको महाशाखाकाे अनुमान छ ।