२०८१ चैत्र १० गते आइतवार

रोल्पामा गाई काटेको अभियोगमा १३ जना पक्राउ



३ कात्तिक, घोराही –
रोल्पामा गाई काटेको अभियोगमा १३ जना पक्राउ परेका छन् । रुन्टीगढी गाउँपालिका १ लापालमा गाई काटेको अभियोगमा दश महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ प्रहरीले जनाएको छ ।

गाई काटेर मासु बिलो लगाएर बाँड्ने क्रममा १३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । पक्राउ पर्नेमा रुण्टीगढी गाउँपालिका वडा नम्बर १ र २ का रहेका छन् ।

यद्यपी प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन् । गाई काटेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गयराती उनीहरुलाई पक्राउ गरेको हो ।।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्