२०८२ बैशाख १० गते मङ्गलवार

दाङमा पानीका कारण एउटा घर भत्कियो, खोलाले बोलेरो बगायो



३ कात्तिक, घोराही –
लगातार परेको पानीका कारण पश्चिम दाङमा एउटा घर भत्किएको छ । शान्तिनगर गाउँपालिका ४ बस्ने तुलाराम बोहराको दुई तले कच्चि घर भत्किएको प्रहरीले जनाएको छ । बर्षातका कारण आज विहान घर भत्किएको हो । घर भत्किदा दुई लाख पचास हजार बराबरको क्षति भएको बताईएको छ ।

यस्तै खहरे खोलामा आएको बाढीले देउखुरीमा एउटा बोलेरो गाडी बगाएको छ । निर्माण कम्पनीका कामदार लिएर नुवाकोट जान लागेको बा १७ च ५३४४ नम्बरको बोलेरो गाडीलाई गढवा गाउँपालिका वडा नम्बर २ स्थित खौराह खोलाले बगाएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

खोलाले बगाउँदा मानवीय क्षति नभएपनी उक्त गाडी पूर्णरुपले क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभएको छ । यसैबिच दाङको घोराही तुलसीपुर सडक खण्डमा पर्ने खोलामा प्रहरी तैनाथ गरिएको छ । लगातारको वर्षापछि खोलामा पानीको बहाव बढेका कारण हुन सक्ने संभावित घटना रोक्नका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्त डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । आइतबारदेखि परेको अविरल वर्षातका कारण विभिन्न समयमा खोलामा पानीको बहाब बढेर साना सवारी आवागमनमा समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्