२०८१ चैत्र ११ गते सोमवार

लगातार कृष्णनगरमा लागू औषध सहित पक्राउ गर्दै कृष्णनगर प्रहरी



४ कार्तिक । कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ लिङकगेट स्थित डिउटिमा खटिएको प्र.ना.नि.रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल भारत आबत जाबत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रम चलिरहेको छ ।

चेकजाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ पैदल हिडी जाँदै गरेका सोधपुछको क्रममा नाम थर वतन जिल्ला रुकुम पश्चिम वाफिकोट गा.पा. वडा नं. ८ दुली बस्ने बर्ष अन्दाजी ३५ को लाले भन्ने लाल बहादुर खत्री बताउने ब्यक्तीले बोकी लिई आएको झोलामा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ६ प्याकेट पोकामा तत्काल सोही स्थानमा तौल गर्दा ३ किलो लागु औषध अफिम जस्तो देखिने बस्तु फेला पारी सोधपुछ तथा निजको शरिर समेत खानतलासी गर्ने क्रममा निज लाले भन्ने लाल बहादुर खत्रीले प्रहरी टोलिलाई धक्का दिई भागेका थिए ।

सो ठाँउ बाट भारत तर्फ भागी जाने क्रममा प्रहरी टोलीले पिछा गर्दै जाँदा निज नेपाल भारत सिमाना दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले निजलाई नियन्त्रणमा लिई निजको शरिर चेकजाँच गर्दा निजले कम्मरको भागमा बाँधी लुकाई छिपाई राखेको अबस्थामा लागु औषध अफिम जस्तो बस्तु फेला पारी निजलाई समेत नियन्त्रणमा लिई गएको, प्रहरीले फेला पारेको उक्त लागु औषध अफिम जस्तो ल्याईएको ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्