४ कार्तिक । दाङको तुलसीपुरमा आज ९ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा ९ जनामा कोरोना भाइरसको पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले बताउनुभयो ।
यससँगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३ सय ९७ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना मुक्त भइसकेका छन् । अब १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार