२०८२ बैशाख १० गते मङ्गलवार

“कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ” मुख्यमन्त्री पोख्रेल



४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको छ ।
संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले भने प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि निःशुल्क उपचारको व्यवस्था भएको फेसबुकमार्फत जानकारी दिनुभएको छ । परीक्षण उपचारको लागि पनि शुल्क लिने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्