२०८१ माघ २६ गते शनिवार

शिक्षा मन्त्रालयद्धारा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन



४ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन दिएको छ । कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले निर्देशन जारी गर्नु परेको मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिनुभयो ।

‘‘कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ ।

अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ । पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्न भने सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्