४ कार्तिक । कृषि र पशुपालन बाट गाउँपालिकालाई आत्म निर्भर बनाई रहेको धुर्कोट गाउँपालिकाले धमाधम बाख्रा बितरण कार्य तिव्रता दिएको छ। धुर्कोट गाउँपालिका हेफर प्रोजेक्ट नेपाल को सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित समुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजना मार्फत धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा मिलन महिला उद्यम समुह का १३ जना सदस्य हरूलाई २६ वटा बिउँ पाठी र छिमेकी महिला उद्यम समुह पिपलधारामा २० वटा गरी जम्मा ४६ वटा बिउ पाठी धुर्कोट गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नविन जि सी ले हस्तान्तरण गर्नु भएको थियो।
त्यस्तै आरुपाटा महिला उद्यम समुह हाडहाडेमा १६ वटा बितरण गरिएको थियो। धुर्कोट गाउँपालिकाले हेफर प्रोजेक्ट संगको सहकार्यमा धुर्कोट गाउँपालिकाको ४ वडा नयाँगाउ पिपलधारा हाडहाडे र वाग्ला गरी २० वटा मुल समुह र ६० उपहार समुह मार्फत जम्मा ८० वटा समुह गरी २ हजार घर परिवार लाई समुहमा आबद्ध गरी बाख्रा बिकास कार्यक्रम लाई अगाडी बढाएको धुर्कोट गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नविन जि सी ले जानकारी दिनुभयो।
हेफर संगको सहकार्य वाट यो कार्यक्रम संचालन भएपछी महिला दिदि बहिनिको जिबन स्तर परिवर्तन हुने छिमेकी हमिला उद्यम समुहकी सदस्य निरा महतले जानकारी दिनुभयो। मिलन महिला उद्यम समुहकि सदस्य कुन्ता वि क आफु संग घरमा बाख्रा नभएको र परियोजना बाट २ वटा पाठी उपहार पाएपछी म निकै खुशी भएकी छु ।
बाख्रा पाउने मात्र ठुलो कुरा हैन आफुले उपहार पाएको बाख्रालाई कसरि व्यवस्थित तरिकाले पाल्ने र आम्दानी कसरी बढाउने भन्ने सिप हामिले सिकेका छौ। जुन कार्यक्रमले हामीहरू दिदि बहिनीले मेलमीलाप र एकताको पाठ पनि सिकाएको छ।जसले सामाजिक आत्मीयता समेत बढाएको सोहि समुहकि अध्यक्ष मिना वि क ले जानकारी गराइन।