२०८१ माघ ५ गते शनिवार

छाडा रुपमा छोडिएका पशुचौपायाको व्यवस्थापन



४ भदौ, घोराही –
दाङको घोराही-तुलसीपुर सडक खण्डमा छाडा रुपमा रहेका पशुचौपायालाई व्यबस्थापन गरिएको छ । नारायनपुर सडक क्षेत्रमा छाडा छोडिएका ३७ वटा गाईगोरुहरुलाई व्यबस्थापन तथा संरक्षणका लागी घोराही २ मा रहेको चकलीघाट गौशालामा पठाईएको जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो ।

सवारी दुर्घटना न्युनिकरण गर्ने अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक कार्यालय दाङ र घोराही उप–महानगरपलिका वडा नं.१० सँगको सहकार्यमा उक्त पशुचौपायालाई व्यवस्थापन गरिएको उहाँले बताउनुुभयो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्