२०८१ फाल्गुन ३ गते शनिवार

लुम्बिनी प्रदेशमा रोकिएन महिला हिंसा



४ भदौ, घोराही –
साउन १ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा जबरजस्ती करणीका ३७, जातीय छुवाछूतका २, बोक्सीको आरोपमा १ र जबरजस्ती करणी उद्योगका १६ वटा घटना दर्ता भएका छन ।

ती बाहेक घरेलु हिंसाका घटना समेत वृद्धि हुँदै गएका छन । पछिल्लो समय हरेक जिल्लामा देखिएका यस्ता घटनाको कारण पत्ता नलागेकाले यस सम्बन्धी अध्ययन भइरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यले जानकारी दिनुभएको छ ।

मानिसमा रहेको चेतनाकै कमीले परिवारका सदस्य भित्रैबाट जघन्य अपराध भइरहेकोप्रति प्रहरी प्रशासन गम्भीर रूपले खोजी कार्यमा लागिरहेको भन्दै उहाँले घटनाका विषयमा जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी समस्या न्यूनीकरणको प्रयासमा लाग्ने बताउनुभयो ।

घटना पहिले पनि भइरहने तर संख्या वृद्धि हुँदै जानु सामान्य नभएकाले नेपाल प्रहरीले यसको समाधान खोज्ने गरी नियमित अध्ययन र अपडेटमै जोड दिइरहेको उहाँले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्