२०८१ असोज २४ गते बिहिवार

भाइरल ज्वरोका विरामी बढ्दै,सावधानी अपनाउन चिकित्सकको सुझाव



४ भदौ, घोराही –
पछिल्लो समय देशभरका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या बढ्न थालेको छ । जसमा अधिकांश बालबालिका रहेका छन् । मौसम परिवर्तनसँगै देखिएको भाइरल र कोरोनाको लक्षण उस्तै भएका कारण धेरैजना त्रासमा छन् । दाङ, रोल्पा, बाँके, बाजुरा, जनकपुर, चितवन लगायतका जिल्लामा भाइरल ज्वरोका बिरामी बढेका छन् । अस्पताल आउने भाइरल ज्वरोका बिरामीमध्ये अधिकांश १८ वर्ष मुनिका बालबालिका रहेका जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले बताउनुभएको छ ।

भाइरल ज्वरोका कारण वर्षेनी ४० देखि ५० जनाको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालमा चिसोबाट गर्मी र गर्मीबाट चिसो सुरु हुँनै लाग्दा भाइरल अर्थात मौसमी रुघाखोकी, ज्वरो देखिने गरेको छ ।

सरकारले पछिल्लो समय देशभरका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे पनि कोरोना नै नभएको बताएको छ । भाइरल ज्वरो नै भए पनि एकबाट अर्कोमा सर्ने भएकाले मास्क लागाउन, दुरी कायम गर्न र सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्