२०८१ माघ ७ गते सोमवार

दाङमा बितेको आर्थिक वर्षमा २ हजार बढिले पाए रोजगार



४ भदौ, घोराही –
दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बितेको आर्थिक वर्षमा २ हजार बढिले रोजगार पाएका छन् । सीपअनुसारको काम नभए पनि बगैचा सफा गर्नेदेखि सडकपेटिमा झार उखेल्ने लगायतका काम लगाउँदै जिल्लामा २ हजार २ सय १७ जनाले रोजगार प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइटमा उल्लेख गरिएको छ ।

जिल्लाका १० वटा स्थानीय तहमा यो संख्यामा रोजगार प्राप्त गरेका हुन् । सरकारले प्राथमिकता दिएर सञ्चालन गरेको उक्त कार्यक्रममा रोजगार पाउनेहरुको संख्या भने न्यून रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो ।

बेरोजगारलाई रोजगार दिने उद्देश्यले यस प्रकारको कार्यक्रम ल्याएको बताइएको छ । सुरुका वर्षमा यसतर्फ नागरिकको आकर्षण भएपनि पछिल्ला वर्षमा नागरिकको आकर्षण घट्दै गएको छ । स्थानीय तहहरुले कोभिडको कारण काम हुन नसकेको कारण, थोरैले रोजगार प्राप्त गरेको बताएका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्