२०८१ साउन ४ गते शुक्रवार

जोखिम यात्रा हामीले कहिलेसम्म गर्नुपर्ने सरकार ?



रेडियो खोल्यो दुर्घटना ,फेसबुक हेर्यो दुर्घटना ,पत्रपत्रिका पढ्यो दुर्घटना दिन- प्रतिदिन देशका विभिन्न ठाउँहरूमा भैरहेका सडक दुर्घटना सम्बन्धी खबरले मन छेदच्छेद बनायो र मन थाम्न सकिएन त्यसैले मनमा लागेका सडक दुर्घटना सम्बन्धका केही कुराहरू लेख्ने प्रयास गरेको छु। दुर्घटनाका खबरहरू हामी सबैले देखि अनि सुनिरहेका छौं तर कसरी ?के कारणले ? र किन यसरी दिनप्रतिदिन दुर्घटना भैरहेको छ र मान्छेहरूले अकालमै ज्यान गुमाईरहेका छन भन्ने विषयमा हामी कोही बोल्दैनौ हामी कसैले चासो गर्दैनौ ,हाम्रो चासो छ त समाचार हेर्न, समाचार शेयर र समाचार बनाउनमा छ । सरकारको चासो तथ्यांक संकलन गर्ने ,देशका विभिन्न ठाउँहरूमा सडक दुर्घटना बाट मृत्यु हुनेहरूको संख्या गणना गर्नेमा छ। दुर्घटनामा ज्यान गुमाउने परिवारहरूको कस्तो बिचल्ली छ कसलाई के थाहा छ।

मलाई लाग्छ हाम्रो देशको नीति, नियम कार्यन्वयन गर्ने र नियन्त्रण गर्ने निकाय कमजोरी छ। पावर पहुँच भएकाले जे गर्दा छुट दिन्छ सबैलाई एउटै प्रकृतिको निति नियमको लागू छैन सिस्टम विपरितका हुने काम धेरै छ व्यक्ति अनुसार फरक- फरक नियम कानुन लागू भएको देखिन्छ सर्वसाधारण लाई गाह्रो र ठुलालाई सजिलो बनाइएको छ माथि बाट आदेश आएपछि ठुलो लाई छोड्ने सानोलाई समात्ने प्राविधिको विकास भएको देखिन्छ यसले धेरै प्रभाव पारेको छ।

दुर्घटनाले कसलाई पनि खुसी बनाउने कुरा होइन यसले धेरै परिवारलाई छेद ,बिछेद बनाएको छ । धेरैलाई अङ्गभङ्ग पारेको छ । सरकारले न सडक बाटो सुधार गर्छ न बाटो फराकिलो पार्छ जनताको करबाट उठाएको पैसा गोजीमा हाल्छ जनताले यात्रा गर्ने बाटोमा कतै खाल्डाखुल्डी, कतै धुलोधुवाँ र कतै हिलो त कतै साघुरो छ। उदाहरणको लागि हेर्नुस् न घोराही तुलसीपुर सडक बाटो कस्तो छ? सहिद राजमार्ग भनेर चिनिने घोराही, रोल्पा सडक मार्गको बाटोको हालत के छ ?त्यही पनि हामीले गाउँगाउँमा सिंहदरवार पुर्यायौ घर -घरमा सडक बाटो पुर्यायौ भन्ने धेरैको गफ छ ।

सवारी दुर्घटना दुई दिनको दुःख जस्तै बनेजस्तो देखिन्छ, पीडितहरूको पीडा कस्तो हुन्छ भनेर कसैले मापन गर्छ । अब तपाई आफै भन्नुहोस् दुर्घटना हुनुको मुख्य कारण के हुनसक्छ ? सडक बाटो निर्माणमा मापदण्ड विपरित हुनु, भ्रष्टाचारको जालो र कमिसनतन्त्रले सबै चिज ठिक देखिनु, नियम विपरित सरकारी निकायले सवारी सञ्चालन गर्ने अनुमति दिनु जस्ता कारण देखिएकै छैनन्। दुर्गम स्थानमा बाटो निर्माण पछि सवारी सञ्चालन गर्न योग्य संरचना छ वा छैन भनेर प्रमाणित गरेको देखिदैन प्राविधिक सर्वेक्षण विपरित निर्माण भएका मोटरबाटोमा सवारी चलाउन योग्य नहुनू ।

ठेक्का पट्टा गरेर निर्माण गरेका संरचनाको गुणस्तरमा अनियमितताको छानविन नै नहुनु मुख्य समस्या देखिन्छ । ठेक्का कामको गुणस्तर भन्दा पनि कसरी कमाउन सकिन्छ भन्नेतिर केन्द्रित हुनु । ठेकेदार, फिल्ड प्राविधिक, कार्यालय प्रमुख सम्म कमाउने नै दाउ हुन्छ, त्यही कमाउ धन्दामा नै पुराना थोत्रा भएका गाडीहरू सञ्चालन गर्न अनुमति दिइन्छ, गाडीमा यात्रीको चाप के कस्तो छ भन्ने विषयमा केही निगरानी छैन, ट्राफिक दाईलाई दुई रुपैया कमाउन पाएसि हिसाब मिलि हाल्छ, निगरानी गर्ने जिम्मा पाएको निकायलाई कमिसन खाए पुग्छ। तितो अनुभव त दुर्घटना भोगेको परिवारलाई मात्र थाहा हुन्छ।

यी समस्यालाई उजागर गर्दै समाधानको लागि केन्द्रिय सरकार, सबै स्थानीय तहमा सरकार सबै नेतृत्वदायी भूमिका रहेका प्रतिनिधि सबैमा विनम्रका साथ यही लेख (आर्टिकल) मार्फत ध्यानाकर्षण गराउदछु, सडक बाटो सुधारमा ध्यान जाओस् गाडी सञ्चालनको मापदण्ड सबैलाई सम्मान होस् सवारी भाडा निर्धारण यात्रुको चाप अनुसार गाडी सञ्चालनमा ध्यान केन्द्रित होस विकास मात्रै नभए सबैको दिगो विकासमा ध्यानाकर्षण होस् ।

भुवन के सी

गंगादेव गाउँपालिका ६ रोल्पा

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्