५ असार,घोराही – इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा) को अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।।
प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार