५ असार,प्युठान –प्युठानमा बाख्रा चराउन गएका दुई बालिका माडी नदीमा बगेर बेपत्ता भएका छन् । सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निबासी बोमबहादुर थापा मगरकी छोरी आठ बर्षीया विपना थापा मगर र मान्द्रे निवासी नुमबहादुर थापा मर्साङी मगरको छोरी सात बर्षीया सर्मिला थापा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
सोमबार दिउँसो ३ बजे नदीमा पौडी खेल्नेक्रममा उनीहरु बगेका हुन । नदीमा बेपत्ता भएका बालिकाको स्थानीय र सुरक्षाकर्मी मिलेर खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार