२०८१ असार ६ गते बुधवार

तुलसीपुर मेट्रोका विद्यार्थी राष्ट्रिय मुटकोर्टमा छानिए



६ असार,घोराही –
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गरेको राष्ट्रिय मुट कोर्ट प्रतिष्पर्धामा लुम्बिनी प्रदेशबाट तुलसीपुर मेट्रो कलेज छनोटमा परेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरु प्रविण यादव, तिर्सना रोकाया र विपना गिरीको समूहलाई परिषद्ले छनोट गरेको परियोजना संयोजक केशव चालिसेले जानकारी दिनुभयो ।

छनोटमा परेको समूहले १२ गते काठमाडौमा हुने प्रतिष्पर्धामा बालअधिकारको आधारभूत सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यासहरु, नेपालको संविधान तथा अन्य सम्बन्धित कानूनी व्यवस्थाहरु लगायतका विषयमा बहस गर्नेछन् ।

कानून विषय अध्ययनरत विद्यार्थीहरुलाई अदालतिय अभ्यासका बारेमा व्यवहारीक ज्ञान प्रदान गर्नका लागि विभिन्न संघसंस्थाहरुले मुटकोर्टको आयोजना गरेका हुन्छन् ।।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्