२०८१ जेष्ठ ५ गते शनिवार

होम आइसोलेसनमै पुगेर परामर्श दिन्छ रोटरी क्लब अफ दाङ



६ असार,घोराही –
दाङमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई घरमै पुगेर चिकित्सकहरूले परामर्श दिन थालेका छन् । घरमा बसिरहेका संक्रमितलाई स्वास्थ्यकर्मीसम्म पहुँच नहुँदा उचित सल्लाह र सुझाव पाउन कठिन भइरहेको समयमा चिकित्सकहरूले घरमै पुगेर परामर्श दिन थालेका हुन् ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकीय परामर्शको आवश्यकता रहेको महसुस गरेपछि रोटरी क्लब अफ दाङले चिकित्सकसहित घरमै बिरामी भेट्ने अभियान थालेको छ । घरमै चिकित्सक पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिई औषधि र स्वास्थ्य सामग्रीसमेत दिएपछि बिरामीको आत्मबल उच्च भएको रोटरी क्लब अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेले बताउनुभयो ।

होम आइसोलेसनमा रहेका बिरामीको उचित हेरचाह, परिवारका अन्य सदस्यको सावधानी र मास्क लगाउने कुरामा अझै पनि लापरबाही रहेको उहाँको भनाई छ । हालसम्म घोराहीमा होम आइसोलेसनमा रहेका ८३ संक्रमित र १ सय ५० बढी बिरामीलाई परामर्श दिएको उहाँले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणमा भएको कठिनाइलाई मध्यनजर गर्दै यसअघि रोटरीले घरघरमै पुगेर स्वाब संकलनको काम पनि गरेको थियो । यसैगरी होम आइसोलेसनमा रहेका कोरोनाका बिरामी बोक्ने गाडी नपाएपछि १० वटा अटो एम्बुलेन्स पनि चलाइरहेको रोटरीका कार्यक्रम संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्