२०८१ असार ६ गते बुधवार

बढ्यो सुनचाँदीको मूल्य



५ जेठ, घोराही- नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्