२०८१ असार २ गते शनिवार

४ पालिकासहित ६४ वडामा राप्रपाको नेतृत्व



५ जेठ, घोराही – २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाको सुधारिएको नतिजा आएको छ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा राप्रपा ४ पालिकासहित ६४ वडाको नेतृत्वमा विजयी भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा जित हासिल गरेको छ ।

राप्रपाबाट दमक नगरको मेयरमा राम थापा, शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् ।

यस्तै लक्ष्मी मैनाली, राधा कार्की, सम्झना चौधरी र शिवकान्ती हरिजन उपप्रमुख–उपाध्यक्षमा विजयी भएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले २ पालिकामा नेतृत्व जितेको थियो । उपाध्यक्ष भने ५ स्थानमा जितेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्