६ जेष्ठ,तुलसीपुर । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिले रु.६० हजार बराबरको जेन्सी सामान जसमा १२ओटा वाल फ्यान र १थान दराज तुलसीपुर कोरोना आईशोलेसन मेट्रो सिटि हस्पिटल लाई सहयोग गरेको छ तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिका कार्यसमिति व्यवसायी तथा अन्य समितिमा आबद्ध रहेका मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी बाट सङ्कलन गरिएको रकमले उक्त सहयोग गरेको हो ।
उक्त सहयोग गर्ने क्रममा समितिका अध्यक्ष सुरज भण्डारी कार्यकारी उपाध्यक्ष थुमन्न विश्वकर्मा (सितल) प्रथम उपाध्यक्ष चेतन कडेल महासचिव रेशम खड्का कोषाध्यक्ष रामु बस्नेत समितिका वरिष्ठ सहल्कार विमल पौडेल सदस्य पंकज कुमार कसौधन ,अनुप गुप्ता समीर न्यौपाने , तुलसीपुर जेसिस निवर्तमान अध्यक्ष तथा ब्यवसाही मोहन सुनार सहभागीता थियो ।
समितिका अध्यक्ष सुरज भण्डारीले आफ्नो व्यक्तिगत तर्फ बाट २ओटा भित्ते घडी सहयोग गर्नु भएको थियो । त्यस्तै अर्का विजय स्टील फर्नीचर उद्योगका संचालक तिलक बहादुर खड्काले १ थान दराज सहयोग गरेका थिए कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले सहयोगको लागि धन्यबाद ज्ञापन गर्नुभएको थियो।
त्यस्तै समितिले कोरोना महामारीको दोस्रो चरणको लहर चलीरहेको बेला कोरोना संक्रमित व्यक्तिको उपचारमा सहयोग गर्न अन्य संग संस्था व्यक्तिहरु सग्दो सहयोग गर्न सवै मा आव्हान समेत गरेको छ।