७ बैशाख, घोराही –
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमासम्पन्न गर्नको लागि जारी भएको निर्वाचन आचारसंहिताको कार्यान्वयन पूर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आज एक सूचना जारी गर्दै सबै सरकारी कार्यालयहरु संघ, प्रदेश र पालिकाले अत्यावश्यक सेवाहरुएम्बुलेन्स, दमकल, फोहोरसंकलन आदि बाहेकका अन्य सवारी साधनहरु आचारसंहिता अनुरुप सरकारी कार्यालय काममाबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न सचेत गराउनुभएको छ ।
यस्तै, सरकारी सवारी साधनहरु जिल्ला बाहिर जानुपर्दा अनिवार्य रुपमा यस कार्यालयको पूर्वस्वीकृति वा अनुमति लिनुपर्ने सूचनामा जनाइएको छ । जिल्लामा रहेको नदीजन्य पदार्थहरु उत्खननको लागि नियमानुसार टेण्डर स्वीकृत भएका बाहेकअन्य प्रक्रिया अमानत आदिबाट नदिजन्य पदार्थहरूढुंगा, गिट्टी, बालुवा उत्खनन तथा संकलन नगर्न पनि सूचनामार्फत सचेत गराइएको छ ।