७ चैत, सल्यान- सल्यानको सिद्ध कुमाख गाउँपालिका १ कागखोला निवासी एक बालिकामाथी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गत फागुन २९ गते राती ति युवकले आफ्नै गाउँकै बालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको विषय भनेर प्रहरीले प्रकाउ गरेको युवकको भने पहिचान खुलाएको छैन् । बालिका अन्दाजी १६ वर्षकी रहेकी छन् भने युवक करिब २१ वर्षका रहेका छन् ।
घटना फागुन २९ गते भएपनि चैत ३ गते मात्रै युवक पक्राउ परेका हुन् । उनलाइ अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर बाबुराम बस्नेतले बताए । अनुसन्धानमा संलग्न एक प्रहरीकाअनुसार आरोपित ति युवक २९ गते दिउँसो गाउँकै केटाहरुसँग जम्मा भएर होली खेल्दै गाउँमै भएको एउटा विवाहमा गएका थिए । विवाहमा पीडित बालिका पनि गएकी थिइन् ।
विहे घरबाट बालिका घर फर्किने क्रममा ति युवकले उनको पिछा गरेर घर नजिकैको गहुँ बारीमा लिएर जबरजस्ती करणी गरेको पीडित पक्षले बताएको छ । आफ्नो मुख सलले थुनेर जबरजस्तीकरणी गरेको पीडित बालिकाले बताएकी छन् ।
पीडित बालिकाका घर सबै सदस्यहरु रोजगारीको लागि भारतमा रहेको र उनि अन्टी सँग बस्दै आएकी थिइन् । घटना घटेपछि आरोपित पक्षले पीडितलाइ उजुरी नगर्न दबाब दिँदै ३ दिनसम्म गाउँमै अल्झाएको थियो । बालिकाका दाइ भारतबाट फर्केर प्रहरीमा जाहेरी दिएपछि मात्रै चैत ३ गते आरोपितलाइ प्रहरीले पक्राउ गरेको हो । लेकाली अनलाईनबाट